Rule 8
अन्य सार्वजनिक लिखतको प्रमाणीकरण अन्य सार्वजनिक लिखतको प्रमाणीकरण ः

(१) ऐन वा यस नियमावलीमा लेखिएदेखि वाहेक नेपाल सरकारबाट भएका निर्णय वा जारी भएका आदेश वा अधिकारपत्रमध्ये मन्त्रिपरिषद्बाट भएका वा जारी भएका निर्णय आदेश वा अधिकारपत्र भए मुख्य सचिवबाट र मन्त्रालयबाट भएका वा जारी भएका निर्णय, आदेश वा अधिकारपत्र भए सम्बन्धित मन्त्रालयको सचिवबाट र सो बाहेक अन्य किसिमका लिखत, आदेश वा कामकारबाई वा निर्णयको प्रमाणीकरण नेपाल सरकारको निर्णय बमोजिम हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास सार्वजनिक लिखत प्रमाणीकरणका लागि प्रचलित कानून बमोजिम कुनै खास अधिकारी तोकिएको रहेछ भने त्यस्तो सार्वजनिक लिखत त्यस्तो अधिकारीबाट प्रमाणीकरण हुनु पर्नेछ ।